ए डिभिजन लिगः रन्जनको दुई गोलमा थ्री स्टार विजयी, शीर्ष स्थानमा उक्लियाे

मंसिर १४, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा थ्री स्टार क्लब विजयी भएको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा शसस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै जित हात पारेको हो । जितसँगै थ्री स्टार शीर्ष स्थानमा उक्लिएको छ । 

थ्री स्टारले ५ खेलबाट १२ अंक जोडेको छ । थ्री स्टारलाई जित दिलाउन रन्जन बिष्टले दुई गोल गरे । 

null

खेलको २५ औं मिनेटमा रन्जनको गोलबाट थ्री स्टारले सुरुवाती अग्रता बनाएको थियो । खेलको ६७ औं मिनेटमा रन्जनले दोस्रो गोल गर्दै थ्री स्टारलाई २–० को जित दिलाए । खेलमा रन्जन म्यान अफ दि म्याच चुनिए । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *