मन्त्री अधिकारीलाई कालोझण्डा देखाउने ६ जना पक्राउ

मंसिर १०, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई गृहजिल्ला पोखरामा कालोझण्डा देखाउने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कालोझण्डा देखाएको आरोपमा नयाँ शक्ति, नेपालको विद्यार्थी संगठनका नेताहरु नेत्र चापागाईं, रेशम सापकोटा, विशाल तिम्सिना, नरेन्द्र बस्याल, कृष्ण अधिकारी र तेजेन्द्रकुमार भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

वाइडबडी जहाज खरिद सम्बन्धी विवादको सत्य, तथ्य छानबिनको माग गर्दै पक्राउ परेकाहरुले सृजना चोकमा कालोझण्डा देखाएपछि नियन्त्रणमा लिइएको हो । 

null

उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *