सोझा लगानीकर्ताहरुसँग बढी ‘कमिसन’ असुल्दै नेप्से

कात्तिक ३०, काठमाडौँ । निकै तामझामका साथ नेप्सेले उद्घाटन गरेको स्वचालित अनलाइन प्रणाली शुरुवाती ताका थोत्रो रेलको संज्ञा पाएको छ । करोडौँ खर्चेर लागु गरेको प्रणालीबाट सिलिङ्ग भन्दा माथि कमिसन असुलेको नेप्सेले साना लगानीकर्तालाई ढाड सेकेको नयाँ रहस्य बाहिरिएको छ । 

नेपाल स्ट्क एक्सचेञ्जले अन्तर्राष्ट्रिय स्तरको दाबी गरेको अनलाइन ट्रेडिङ सफ्टवेयरका का कारणले स –साना लगानीकर्ता ठगिएको रहस्य पत्ता लागेको छ । 

४१६६.६७ रुपैयाँसम्मको सेयर खरिद खरिद गर्दा २५ रुपैयाँ कमिसन लिइनुपर्छ तर नेप्सेले भित्र्याएको नयाँ टीएमएस सफ्टवेयरले फ्ल्याटमा ०.६ प्रतिशतका दरले कमिसन लिईरहेको एक ब्रोकरले नाम नखुलाउने शर्तमा रहस्य खोलेका छन् । सिस्टम मा रुपैयाँ ५ कमिसन देखाउने तर ब्रोकरको अकाउन्टमा ०.६ प्रतिशत कमिसन देखिन गएकोले रकम नै फरक परेको उनले थप प्रष्ट पारे । यसबाट साना लगानीकर्तामाथी गम्भीर खेलबाड भएको गुनासो बुझ्न खोज्दा नेप्से आइटी प्रमुख निरान्जन सिंह नायक र सिइओ साउद सम्पर्कमा आउन चाहेनन् । 

null

यसैगरी युनिक क्लाईन्ट कोड प्रत्येक कारोबारमा फरक फरक सिर्जना भैइरहेको कारणले सिडिएससी र नेप्सेको पूल सीएनएस सिस्टममै पनि तालमेल नमिलिरहेको थप रहस्य खुलेको पाइएको छ । उदाहरणाका लागि गीता थापा युसीसी 2018333333 रहेकोमा दोश्रो बजारमा कारोबार गर्दा टुक्रिएर बेचेको प्रत्येक खण्डमा छुट्टाछुट्टै विभिन्न SG 18489743/ SG 488179/SG21949 गरेर फरक फरक युसीसी सिर्जना भइ सेट्लमेण्टमा नै निक्कै अप्ठ्यारो स्थिति पैदा भएको एक ब्रोकर अफिसकी कर्मचारीले मकालु खबरलाई बताइन् । 

पछिल्लो समयमा ईडीआईएसबाट सेयर हस्तान्तरणमा यही समस्याले विकराल रूप लिइरहेको उनले दुखेसो पोखिन् । यस किसिमको नेप्सेको चरम लापरबाहीको सिकार भएकी ती कर्मचारीले फरक फरक युसीसी सिर्जना हुँदा कारोबार सेटल नभएकोमा ती कर्मचारीले सिडिएससीसङ्ग समन्वय गर्दा नेप्सेलाई भन्नू भनिएको सुनाइन् । 

यता सिडिएससी एण्ड क्लियरिङ्गगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार युसीसीमा कन्फ्यूजन भएको र ४ वटा कोड आउनु स्वभाविक हो तर आईडेन्टीफाई भएको करेक्सन हुन्छ । 

यसका साथै क्लाईन्ट कोड एक्टिभ गर्दा एरर आउने, रिपोर्ट निकाल्न नसकिने, सहजरूपमा चलाउन नसकिने, पब्लिक अर्डर बूक प्रयोगमैत्री नभएको यत्रतत्र गुनासाहरु आइरहेका छन् । अर्डर मोडिफाई गर्दा झट्ट गर्न नसकिने र ईस्क्रोलिङ्ग गर्नुपर्ने थप जटिलता थपिएको छ । 

मुम्बई स्टक एक्सचेञ्जले जर्मन प्रविधी, एनएससीले क्यानडाको प्रविधि अनलाइन ट्रेडिङमा प्रयोग गर्नुले स्टक मार्केटमा विश्वासको वातावरण र पारदर्शी हुनु बुझाउँदछ तर नेपालमा नेप्सेले स्वदेशी भेण्डर कम्पनी वाईकोको प्रविधि प्रयोग गरिनुलाई निक्कै शंका अनि चासोले हेरिरहेको पूँजीबजारका एक उच्च विज्ञको भनाइ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *