धरानमा नगर स्तरीय चित्रकला प्रदर्शनी हुने

मंसिर १, धरान । सामुदायिक तथा संस्थागत बिद्यालयका बिद्यार्थीहरुमा चित्रकला बारेमा जानकारी तथा त्यसका शैली,अभिब्यजनलाई आत्मसात गरी क्षमता अभिबृद्धि गर्ने उदेश्यले सुनसरीको धरानमा आउदो मंसिर ३ गतेदेखी ५ गते तीन दिन सम्म नगर स्तरीय चित्रकला प्रदर्शनी  हुने भएको छ । 

धरान प्रज्ञा प्रतिष्ठानको आयोजना तथा युवा कला केन्द्र पुर्वाअञ्चलको सहकार्यमा सो चित्रकला प्रदर्शनी हुन लागेको हाे । धरानमा शनिबार पत्रकार सम्मेलन गरी धरान प्रज्ञा प्रतिष्ठानका संयाेजक अम्बिका सम्बाहाम्फेले साे जानकारी दिए । सम्मेलनबाट स्कुले बिद्यार्थीहरुमा चित्रकला सम्बन्धी र्सिजनामा थप टेवा पुग्ने र कला क्षेत्रको समेत बिकास हुने सम्वाहाम्फेले बताए । 

प्रतिष्ठानले धरानमा रंगमञ्च, नृत्य, संगीत साहित्य, चित्रकला तथा मुर्तिकलाका क्षेत्रमा बिभिन्न कार्यक्रमहरु गरीसकेको छ । कार्यक्रम धरान १८ स्थित बिमल स्मृति पुस्तकालयमा हुने आयोजक धरान प्रज्ञा प्रतिष्ठानले जनाएको छ । २०७४ सालमा स्थापना भएको सो प्रतिष्ठानले आफना सबै प्रक्रिया पुर्याए पनि स्थानीय सरकारको स्वायत्त संस्थाको रुपमा अगाडी बढाउने कार्यमा केही कठीनाई समेत रहि आएको प्रतिष्ठानका सदस्यहरुकाे गुनासो छ । 

null

प्रतिष्ठानलाई अगाडी बढाउने बिधेयक तयार भईसके पनि धरान उपमहानगरपालिकाको बैठकले पारित गर्न सकेको छैन । जसले गर्दा प्रतिष्ठान तर्दथ समिति मै सिमित बनेको छ भने प्रतिष्ठानको बजेट बेरुजु हुन नदिन तदर्थ समितिले कार्यक्रमहरु गरिरहेकाे जनार्इएकाे छ । 

यस अघि प्रतिष्ठानले गत असोज ६ गते चित्रकला कार्यशाला गरिसकेकाे छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *