ब्रिगेडलाई सरस्वतीले हरायो, मनाङको लगातार चौथो जित

मंसिर ११, काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सरस्वती युथ क्लब विजयी भएको छ । 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको खेलमा ब्रिगेड ब्वाइज (बीबीसी) लाई २–१ गोल पराजित गर्दै सरस्वती युथ क्लबले जित हात पारेको हो । 

सरस्वती क्लबलाई जिताउन फ्रान्सिस अनयेमा र विनोद केसीले एक एक गोल गरे । ब्रिगेडका लागि विदेशी खेलाडी करिम बुसारीले एक गोल गरेका थिए । 

null

 

सरस्वतीले चार खेलबाट ६ अंक जोडेको छ। ब्रिगेडको चार खेलबाट तीन अंक छ। 

मंगलबारको दोस्रो खेलमा मनाङ मर्स्याङ्दीले शसस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–१ गोल अन्तरले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । यो जितसँगै मनाङ शीर्ष उक्लिएको छ। 

मनाङलाई जित दिलाउन आफिज ओलावाले र अन्जन बिष्टले एक एक गोल गरे । एपीएफका नबिन लामाले एक गोल गरे । 

खेलको १९ औं मिनेटमा ओलावाले गोल गर्दै मनाङलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको २८ औं मिनेटमा एपीएफले पेनाल्टी पायो । मनाङका मोहमद आसिफले ह्याण्ड बल गरेपछि पाएको पेनाल्टीमा नबिनले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । 

 

४४ औँ मिनेटमा अन्जनले गोल गरेपछि मनाङ पहिलो हाफमा २–० गोलले अगाडि रह्यो। त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन। 

मनाङले ४ खेलमा ४ जित निकाल्दै १२ अंक जोडेको छ । मनाङले त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै शीर्ष स्थान हात पारेको हो । आर्मीको १० अंक छ । 

४ खेलबाट ४ अंक जोडेको एपीएफ नवौं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *