दुर्इ महिना भित्र मेलम्चीकाे पानी राजधानी अाउँदै

कात्तिक १७, काठमाडाैं । बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजना सुन्दरीजलबाट चाबहिलसम्म सम्म सफल परीक्षण भएकाे छ । राजधानीमा वितरण गर्न बिच्छ्याएको वितरण सञ्जालको मूलपाइप सुन्दरीजलबाट चाबहिलसम्म परीक्षण सफल भएकाे हाे । 

पछिल्ला दिनहरू अायाेजनाका काम द्रुत गतीमा भर्इरहेका छन् । सरकारले अाउँदाे दुर्इ महिना भित्र राजधानीमा मेलम्चीकाे पानी खसाल्ने लक्ष्य छ । 

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले चाबहिलभन्दा माथिको चुहावट बन्द गरी वितरण प्रणाली चुस्त बनाइएको जनाएको छ । चाबहिल चोकमा भने चुहावट बन्द गरी पुनः परीक्षण गर्दा समेत काम नगरेपछि एक महीनादेखि काम भइरहेको छ । 

null

 

अायाेजनाले पानी वितरण गर्न ७० किमी थोक र ६७० किमी वितरण सञ्जालको पाइप बिच्छ्याउने काम सम्पन्न गरेकाे छ । पाइप बिच्छ्याएका स्थानमा वाग्मतीको पानीले भ्याएसम्म परीक्षण पनि भइरहेको अायाेजनाले जनाएको छ । 

निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले चाबहिल चोकको एक हजार ४०० एमएमको पाइपको चुहावट आइतबारसम्म बनाइसक्ने बताए । महाङ्काल, चुच्चेपाटी र सुकेधाराका चुहावट यसअघि नै बन्द भइसकेको छ । वर्षातमा वाग्मती नदीमा बढी भएको पानी सुन्दरीजलको नयाँ प्रशोधन केन्द्रमा हाली परीक्षण गरिएको थियाे ।  

मेलम्चीको पानी सुन्दरीजलमा झरेपछि महाङ्कालचौर ल्याई पूरानो सञ्जालबाट वितरण र नयाँ सञ्जालबाट परीक्षण गरिने निर्देशनालयकाे याेजना रहेकाे छ ।  

प्रवक्ता ढकालले वर्षातमा बढी भएको दैनिक तीन करोड लिटर पानी मेलम्चीको वितरण सञ्जालमा हाली परीक्षण गरिएकोमा हिउँद लागेसँगै ३० प्रतिशतले कमी आएकाले बाँकी परीक्षण गर्न मेलम्चीकै पानी कुर्नुपर्ने बताए । 

पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानीमा आउनेछ । याङ्री र लार्केको आयोजना सम्पन्न भएपछि दैनिक ५१ करोड ९० लाख लिटर पानी राजधानीमा झार्ने छ । याङ्री र लार्केको पानी ल्याउन विस्तृत परियोजना प्रस्ताव निर्माणको काम भइरहेको मेलम्ची खानेपानी आयोजनाकाे भनार्इ छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *