सरकारको लोकप्रियता मापन गर्ने बेला भएकोे छैनः ईश्वर पोखरेल

२०७५ मंसिर ११ गते

मंसिर ११, विराटनगर । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामको लोकप्रियता मापन गर्ने बेला भइ नसकेको बताएका छन् ।
विराटनगर विमानस्थलमा सोमबार साझ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले सरकारले योजना बनाएर कामको शुरुवात गरिसकेकाले जनताले देख्नेगरि परिणाम छिट्टै आउने बताए ।
उनले वर्तमान सरकारले शुरु गरेको लोकप्रिय कामहरुको परिणाम जनताले अनुभूति गर्न पाउने बताए । सरकारको लोकप्रियता नघटेको बताउँदै उनले योजनाबद्ध कामको परिणाम आउन केहि समय लाग्ने बताए । फरक प्रसंगमा पोखरेलले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी विधान अनुसार नै सञ्चालन भएको बताउँदै तल्लो स्तरमा पार्टी एकीकरण सम्बन्धमा पार्टी सचिवालयले गृहकार्य गरिरहेको बताए ।
null

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित