कोईरालाको सम्झनामा संग्रहालय र अस्पताल बन्ने

बिराटनगर, कात्तिक २९ । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा बिराटनगरमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले बिराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सँगै अस्पताल निर्माणको तयारी अघि बढाएको हो । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले आज पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीकोबारेमा जानकारी गराएको हो । जिपी फाउण्डेशन प्रदेश एक कार्यालयका प्रमुख ईन्दिरा थापाले निकट भविष्यमा नै फाउण्डेशनको लगानीमा जिपी संग्रहालय र अस्पताल निर्माणको काम अघि बढाइने जानकारी दिए । 

उनले फाउण्डेशनको एक नं प्रदेश कार्यालयको आगामी मंसिर २ गते उद्घाटन सँगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जिबनीमा आधारीत फोटो प्रर्दशनीको तयारी समेत गरिएको उनले बताए । फाउण्डेशन कार्यालयको काँग्रेस नेताहरु डा. शंशाक कोइराला, डा शेखर कोइराला र सुजता कोइरालाले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालाले निर्माण गरेको घरमा उनले आफना पिता गिरिजाप्रसाद कोइरालाको नाममा जीपी फाउण्डेशन संस्था सञ्चालन गरी सो घर सो संस्थाको नाममा हस्तान्तरण गरेकी छिन । 

कोइराला निवास अगाडी गिरजाप्रसाद कोइराला पुत्री सुजताको नाममा रहेको चार कट्ठा क्षेत्रफल जमिनमा तिन तल्ले भवन निर्माण गरिएको छ । फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा चार कट्ठा क्षेत्रफल मध्येको बाँकी जमिनमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा जीपी संग्रालयको निर्माण गरिने छ । त्यसैगरी जीपीको नाममा अस्पताल निर्माणको समेत तयारी गरिएको जिपी फाउण्डेशन प्रदेश कार्यालयले जनाएको छ । 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *