‘द भ्वाइस अफ नेपाल’ मा आज के होला ?

मंसिर ८, काठमाडौं । कुना कन्दराबाट सुमधुर स्वरहरुको खोजी गरिरहेको नेपाली साँगितिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ निकै लोकप्रिय बन्दै गइरहेको छ । २४ औं श्रृङखलासम्म आइपुग्दासम्म कोच सनुप र प्रमोद आफ्नो टिमलाई अगाडी लैजान लागि परेका छन । 

ब्लाइन्ड अडिसन राउण्ड देखि लाइभ राउण्ड सम्मको ‘द भ्वाइस अफ नेपाल’ को दौरानमा सनुप र प्रमोद आफ्ना भ्वाइसहरुलाई उत्कृष्ट भ्वाइस गर्न निकै मेहेनतका साथ कोचिङ्ग गरिरहेका छन । आजको ‘द भ्वाइस अफ नेपाल’कोे सो मा सनुप आफ्ना दुइ प्रतिष्पर्धी भ्वाइस सन्तोष राना मगर र सप्तक दुधराजसँग र प्रमोद सुशिल गर्तौला र आशिष गुबाजुका साथमा स्टेजमा देखिने छन । 

बुटवल घर भएका सन्तोष राना मगर ब्लाइन्ड अडिसनमा ‘हेर्दा राम्रो माछापुच्छ्रे बोलमा गीत गाएर सवैको मन छुन सफल भएका थिए । उनमा निकै सम्भावना देखेर ब्लाइन्ड अडिसन राउण्डमा सवै कोचहरुले रुचाएका थिए । ब्याटल राउण्डमा राजेश बालाकोटीसँग ‘चिसो चिसो हावामा’ बोलको गीत पस्केका रानाले लाइभ राउण्डमा ‘कसैलाइ पनि म’ बोलको गीत गाएका थिए । सन्तोष ‘बुढेसकालको लठ्ठी’ गीत मार्फत कोच तथा दर्शकलाई सन्तुष्ट बनाई उत्कृष्ट–१६ मा प्रवेश गर्न सफल भएका छन । हेरौँ आज उनी दर्शक सामु कस्तो कोसेली लिएर प्रस्तुत हुने हुन । 

null

काठमाडौंका सप्तक दुधराज ‘द भ्वाइस अफ नेपाल’ को ब्लाइण्ड अडिसन राउण्डमा ‘आँखामा तिमीलाई’ गाएर कोच सनुप र प्रमोदको मन जित्न सफल भए । ब्याटल राउण्डमा ‘तिमि नै हौ’ बोलको गीतमा अनिस गबुजासँग गाएका थिए । उनलाइ प्रमोदले निकै रुचाएका थिए । लाइभ राउण्डमा ‘मार्यो नि मार्यो’ र ‘हिमाली नेपाली’ गीतमा आफ्नो कला प्रस्तुत गरेका छन । उनको आजको कोसेली कस्तो हुने हो हेर्न बाँकी नै छ । 

काठमाडौंका सुशिल गर्तौला ‘राग हामसदवानी’ गीत लिएर ब्लाइन्ड अडिसनमा प्रवेश गरेका राउण्डमा उनी ‘यति सम्म’ र ‘मेरो पाउमा आज’ गीतमा उत्कृष्ट प्रस्तुती दिएर कोचको रोजाइमा परेका थिए । हेर्न बाँकी नै छ आज उनको प्रस्तुती कस्तो रहने हो । 

काठमाडौं कै आशिष गुवाजु ‘नचाहेको होइन तिमिलाई’ गीत लिएर ब्लाइण्ड अडिसनमा प्रवेश गरेका थिए । उनी सवै कोचको मन छुन सफल भए । उनी पहिले सनुप ग्रुपमा रहेका थिए भने पछि प्रमोद ग्रुपमा आएका थिए । ब्याटल राउण्डमा उनले ‘तिमी नै हो’ भन्ने गीतमा सप्तक दुधराजसँग गाएका थिए । लाइभ राउण्डमा ‘संगै’ र ‘मनमगन’ गीतमा प्रस्तुती दिएका थिए । आज उनको प्रतिभा हेर्न बाँकी नै छ । 

अब टप १६ पश्चात प्रत्येक श्रृंखलामा प्रत्येक टिमबाट दुई दुई जना ट्यालेन्टहरुले आफनो प्रस्तुति प्रस्तुत गर्नेछन् । जसमध्ये एक जना सुरक्षित हुनेछन तर यो श्रृंखलादेखि ट्यालेन्टलाई सुरक्षीत गर्ने जिम्मेवारी दर्शकको रहनेछ । अबका श्रृंखलादेखि भोटिङ्गको आधारमा ट्यालेन्टहरुको द भ्वाइसको यात्रा तय हुने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *