कतार एयरवेजको विमानमा क्षति
मकालु खबर
२०७५ कार्तिक १५ गते
कात्तिक, १५ कोलकोता । एक सयभन्दा बढी यात्रु बोकेको कतार एयरवेजको विमानले दोहाबाट कोलकाताको नेताजी सुभास चन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेक्रममा पानीको ट्याङकरमा ठक्कर दिएको छ ।
कतार एयरवेजको क्युआर ५४० नम्बरको विमानले बिहीबार राति १ बजेर ५२ मिनेटमा विमानस्थलमा राखिएको ट्याङकरमा ठक्कर दिएको थियो ।
विमानस्थलका अधिकारीहरुका अनुसार, दुर्घटनामा विमानको मध्यभागमा क्षति पुगेको छ । विमानमा सवार चालक दलका सदस्यसहित सबै यात्रुलाई सुरक्षित रुपमा उद्धार गरिएको थियो ।
null
अधिकारीहरुले विमानमा भएको क्षतिको अनुसन्धान थालेको बताएका छन् ।
मकालु खबर
२०७५ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित