जबरालाई राप्रपा एकताका लागि निर्णय लिने अधिकार

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशम्शेर जबरालाई दिएको छ । चाबहिलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको उक्त बैठकमा अध्यक्ष राणाले राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत अन्य दलसँग एकताका लागि अहिलेसम्म भइरहेका अनौपचारिक छलफलबारे जानकारी दिएको महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिए । उक्त पार्टीले पछिल्लो समय कमल थापा नेतृत्वको राप्रपा र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा(राष्ट्रवादी) सँग एकता गर्नका लागि समन्वय र सहकार्य गर्दै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *