राष्ट्रिय चिकित्सा शिक्षा विधेयक हिउँदे अधिवेशनको पहिलो बैठकमा पेस गरिने

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसद्को हिउँदे अधिवेशनको पहिलो बैठकमा पेस गरिने भएको छ। विधेयक लामो समयदेखि संघीय संसदमा अलपत्र थियो। सरकारले असार २२ गते संसद्मा दर्ता गराएको विधेयकमाथि बल्ल संसदीय समितिमा छलफल सुरु भएको छ। 

शिक्षा तथा स्वास्थ्य समितिले उपसमिति बनाएर विधेयकमाथि छलफल थालेको हो। उपसमितिको आइतबार बसेको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकमा पेस गर्ने निर्णय गरेको हो। 

‘हामी आउने ९ गतेदेखि विधेयकमाथि दफावार छलफल गर्छाैं, सरोकारवाला सबै निकायसँग परामर्श गरेर प्रतिवेदन अब बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा पेस गर्छाैं’, उपसमिति सदस्य एवं नेकपा सांसद योगेश भट्टराईले भने। 

null

चिकित्सा शिक्षामा सुधारको माग गर्दै लामो समयदेखि आन्दोलनरत वरिष्ठ चिकित्सक प्राडा.गोविन्द केसीसँगको सम्झौताअनुसार सरकारले विधेयक संसद्मा ल्याएको थियो। संसद्मा विधेयकमाथि सामान्य छलफल भएपछि समितिमा पठाइए पनि अघि बढ्न सकेको थिएन। सरकार–केसी सहमतिविपरीत सत्तारुढ दलकै कतिपय सांसदले विधेयकमा संशोधन दर्ता गराएका थिए। विधेयकमा करिब १ सय ३० संशोधन दर्ता भएका छन्। 

‘केसीसँगको सम्झौतामा सरकार प्रतिबद्ध भयो भने विधेयकमाथिको छलफलले धेरै समय लिँदैन, यो एक दुई बैठकमै टुंगो लाग्छ’, कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले भने, ‘अब सरकारको इमान्दारीताको प्रश्न छ।’ उनले संशोधन दर्ता गराउने सांसदहरूसँग उपसमितिले छलफल गर्ने जनाए। 

नेकपाका सांसद एवं पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारी संयोजकत्वको उपसमितिले चिकित्सा शिक्षा विधेयकमाथि छलफल गरिरहेको खबर अन्नपूूर्ण पोस्टले लेखेको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *