प्रदेश सरकारले नै अधिकार लिनका लागि सक्रियता देखाएको छैन– उपसभापति निधि

मंसिर ४ कैलाली । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाली काङ्ग्रेसले पुनः लोकतान्त्रिक शासन प्रणालीको पक्षमा सशक्तरूपले उभिनुपर्ने आवश्यकता देखिएको बताएका छन् । 

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेको अवस्थामा काङ्ग्रेसले सङ्घीय शासन प्रणाली, समावेशी शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि उभिनुपर्ने आवश्यकता रहेको बताए । 

उनले संविधानको प्रावधानअनुसार तीन तहको सम्पन्न निर्वाचनमा कम्युनिष्ट पार्टीले सङ्घीय संसद्, प्रदेश र स्थानीय तहमा बाहुल्यता प्राप्त गरेको तर काम गर्न नसकेको उल्लेख गरे । उपसभापति निधिले सङ्घीय, समावेशी र स्थानीय तहको संरचनाको सफल कार्यान्वयन र पूर्णता प्रदान गर्ने काममा सरकारले कुनै चासो नदिएको आरोप लगाए । 

null

उपसभापति निधिले प्रदेश नं २ बाहेक ६ वटै प्रदेशमा कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको उल्लेख गर्दै भने, “प्रदेश सरकारलाई न त केन्द्रीय सरकारले अधिकार दिएको छ न त प्रदेश सरकार नै अधिकार लिनका लागि सक्रियरूपमा अगाडि बढेका छन् ।” 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *