कारले ठक्कर दिँदा बाटो हिँडिरहेका ७ जनाको मृत्यु, ४ जना घाइते

२०७५ मंसिर ११ गते

मंसिर ११, बेइजिङ । चीनको एक शहरमा कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका सात जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
दक्षिणपश्चिमी चीनको लेसान शहरमा मंगलबार बिहान सडकमा गुडिरहेको कारले ठक्कर दिँदा बाटोमा हिँडिरहेका सात जनाको मृत्यु भएको हो ।
सडकमा गुडिरहेको कार अकस्मात सडक किनाराबाट आफ्नो बाटो हिँडिरहेका नागरिकलाई ठक्कर दिन पुगेपछि सो दुर्घटना घटेको हो ।
null
मङ्गलबार बिहान दुर्घटना गराउने कारका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । सो दुर्घटनाको कारण के हो भन्ने बारेमा केही बताइएको छैन ।

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित