दुहवीमा १५ वर्षीया बालिका बलात्कृत


कात्तिक २६, दुहवी । दुहवीमा १५ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
मोरङको विराटनगरस्थित घिनाघाट घर भएकी १५ वर्षीया बालिका बलात्कृत भएकी हुन् । नाम नखुलाइने शर्तमा जबरजस्ती करणीको एक सातापछि घटनाको रहस्य खुलाइएको हो ।
उक्त बालिकालाई दुहवी १ स्थित घर भएका अन्दाजी २० वर्षका जुवेर मियाँले कात्तिक १७ गते जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दिएपछि घटना बाहिरिएको हो ।
null
इनरुवामा रहेको मिनी हाइवे होटलमा ललाइ फकाइ लगि डरत्रास देखाएर जबरजस्ती करणी गरेको जिप्रका सुनसरीलाई पीडित पक्षले दिएको जाहेरीमा उल्लेख छ ।
गत शनिबार घर पुर्याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा चढाएर सुनसरी मोरङको सिमानास्थित दुहवीको बुढीखोला पारिबाट लगेपछि ती बालिकाले आफ्नो घर सुनसरीतर्फ भएको भन्दै लैजान प्रतिकार गरेकी थिइन् । तर मियाँले आफ्नो मोटरसाइकलको लाइसेन्स नभएका कारण भित्री बाटोबाट लगेको भनेपछि बालिका विश्वस्त भएकी थिइन् ।
त्यही विश्वासको फाइदा उठाइ मियाँले मिनी हाइवे होटलमा लगेर ती बालिकालाई जबरजस्ती करणी गरेको केहि घण्टापछि ती बालिकालाई पुनः दुहवीमा छोडेर फरार भएको जाहेरीमा उल्लेख छ ।
मियाँ फरार भएपछि ती बालिकाले तत्कालै इप्रका दुहवीमा जानकारी दिएपछि प्रहरीले पीडित बालिकालाई उद्धार गरि मियाँको खोजतलास गरिरहेको जिप्रका सुनसरीले जनाएको छ ।
