चितवन VS काठमाडौँः चितवनले दियो १ सय ५० रनको लक्ष्य (लाइभ)

कात्तिक १५, काठमाडौँ । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट अन्तर्गत बिहीबारको पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ राेयल्सबीचकाे खेलमा चितवनले काठमाडौँलाई १ सय ५० रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङ रोजेको पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोजले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्सलाई १ सय ५० रनको लक्ष्य दिएको हो । 

चितवनका लागि हरिशंकर शाहले अर्धशतक बनाए । उनले ४९ बलमा ६० रन बनाए । सातौं ओभरमा ५४ रन बनाएको अवस्थामा अनिल २७ रनको व्यक्तिगत स्कोरमा आउट भए । 

null

त्यस्तै पारस १४ रन बनाए । भारतीय ब्याट्सम्यान स्मित पटेलले उनले एक छक्का र तीन चौकासहित २४ बलमा ३१ रन बनाए । त्यस्तै १३ रन बनाए । 

बलिङमा काठमाडौंका बसन्त रेग्मीले २ तथा नन्दन यादव र पवन सर्राफले १–१ विकेट लिए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *