अब भूमिहीन नागरिकलाई जग्गा र आवास: सहरी विकास मन्त्री राई
मंसिर १३, काठमाडौँ । सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले भूमिहीन नागरिकलाई आवास बनाउन जग्गासमेत उपलब्ध गराइने बताएका छन् ।
बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले सहरी विकास मन्त्रालयले भूमिहीन नागरिकलाई पनि आवासको व्यवस्था गर्ने कार्यविधि बनाएसँगै भूमिहीनहरुलाई पनि जग्गा र आवास दुवै उपलब्ध गराइने बताएका हुन् ।
कार्यविधि बनेसँगै भूमिहीनहरुले आवास नपाउने अवस्था अब नरहेको मन्त्री राईको दाबी गर्दै मन्त्री मोहम्मद राईले भने, ‘जनता आवास कार्यक्रमले अब गति लिन्छ । अनियमितता गरेको पाइएमा कडा कारबाही हुन्छ ।’
null
बैठकमा समितिका सदस्यहरुले जनता आवास कार्यक्रममा भ्रष्टाचार हुने गरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। मन्त्री राईले त्यसको जवाफ दिँदै भ्रष्टाचार गरेको पाइए दोषीमाथि कडा कारबाही गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।
उनले कार्यक्रममा तराईमा दलित जातिहरु जमिनको अभावमा जनता आवास कार्यक्रमबाट वञ्चित हुनुपरेको भन्दै सरकारलाई सचेत गराए ।