बिजुलीको पोलमा निर्मलाको तस्बिर : ‘सरकार भेटियो, न्याय भेटिएन’
मकालु खबर
२०७५ मंसिर १३ गते
काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर अझै देख्न पाइन्छ ।
नयाँ युगको थालनी भन्दै पत्रपत्रिकामा समेत यही शैलीमा ‘ज्याकेट विज्ञापन’ छापेपछि एकथरीले अनावश्यक तडकभडक भन्दै आलोचना पनि गरे ।
null
कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सक्दैन भन्ने व्याख्या समेत भयो ।
सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर भएको ठाउँमा निर्मलाको तस्बिर राखेर न्याय चाहियो भन्नेहरु पनि देखिए । अहिले भने यही शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर बिजुलीको पोलमा निर्मलाको तस्बिर नै टाँगिएको छ । निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएर पोलपोलमा टाँगेको हो ।
मकालु खबर
२०७५ मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित