राष्ट्रिय जनमोर्चाले औँल्यायो राजतन्त्र पुर्नस्थापना हुने खतरा !

मंसिर ४, काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारको गलत कार्य प्रणालीका कारण देशमा राजतन्त्रवादीहरू सल्बलाउन थालेको बताएका छन् । 

राष्ट्रिय जनमोर्चा जिल्ला समिति काठमाडौँको आयोजनामा मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । यसप्रति सबै सचेत हुनुपर्ने पार्टीको अपिल छ । 

कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको बताए । 

null

उनले भने, ‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्युँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ 

कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकि नेतृ रितु केसीले शासन व्यवस्थामा परिवर्तन आए पनि जनताहरूको अवस्थामा कुनै किसिमको परिवर्तन हुन नसकेको बताइन् । 

त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी रुपमा एकजुट भएर जानुपर्ने बताए । ‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ’, उनले भने । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *