उर्जामन्त्री पुन अस्पताल भर्ना

२०७५ कार्तिक १७ गते

काठमाडौं – ऊर्जामन्त्री वर्षमान पुन छातीमा समस्या आएपछि नर्भिक अस्पताल भर्ना भएका छन् ।
शुक्रबार बेलुकी साढे ८ बजेतिर छातीमा सामान्य समस्या आएपछि मन्त्री पुनलाई थापाथलीमा रहेको नर्भिक अस्पताल पुर्याइएको हो । अहिले उहाँको अवस्था सामान्य रहेको पुनका प्रेस सल्लाहकार रोशन खड्काले जानकारी दिए।
उनका अनुसार मन्त्री पुनलाई बिहान ९ बजेसम्म डाक्टरको निगरानीमा राखिनेछ । त्यसपछि ललितपुरको मेडिसिटी अस्पताल लैजाने तयारी छ । पुनलाई सामान्य जाँचको लागि मेडिसिटी लैजान लागिएको पनि खड्काले जानकारी दिए।
null
२०७२ सालमा जन्डिस बिग्रिएपछि पुनले लामो समय थाइल्यान्डमा बसेर उपचार गराएका थिए । उनी २०७३ फागुनमा पनि गम्भीर बिरामी भएर अस्पताल भर्ना भएका थिए।

२०७५ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित