सामुदायिक लघुवित्तको पहिलो दिन कति पर्यो आवेदन ?

मंसिर २, काठमाडौं । केन्द्रीय कार्यालय काभ्रेको सागामा रहेको सामुदायिक लघुवित्तको आवेदन माग गरिएको आईपीओमा पहिलो दिन ५२ हजार ४ सय ८७ आवेदनबाट ३४ लाख ४३ हजार ९ सय ५० कित्ता बराबरको आवेदन परेको सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडले जनाएको छ । 

सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (मङ्सिर २)देखि निष्कासन तथा विक्री खुला भएको छ । 

कम्पनीले रू. १ सय अङ्कित दरको ३ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यो आईपीओमा छिटोमा मङ्सिर ५ देखि ढिलोमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ । 

null

कम्पनीको विक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैङ्किङ लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ७ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ करोड ७९ लाख ४३ हजार रुपैयाँ छ । सामुदायिकले मंसिर २ गतेदेखि ३ लाख कित्ता आइपीओ खुला गर्दैछ । यसमा मंसिर ५ गतेसम्म आवेदन दिन सकिनेछ । 

तोकिएको समयमा आवश्यक मात्रमा आवेदन नपरेमा भने पुस ९ गतेसम्म भर्न सकिनेछ । सामुदायिकले आइपीओ बिक्री गरी चुक्ता पुँजी १० करोड रुपैयाँ पुर्याउनेछ । यसको खराब कर्जा १.२३% रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *