पीपीएल उपाधि जित्न पोखरालाई १६१ रनको लक्ष्य, पारसको अर्धसतक
पोखरा । सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन राइनोजले घरेलु टोली पोखरा पल्टनलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ ।
पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन जोड्न सक्यो ।
चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए ।
null
त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए ।
पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १/१ विकेट लिए ।
आज दुवै टोली पहिलो संस्करणको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
विजेताले २७ लाख प्राप्त गर्नेछन् भने उपविजेता टोलीले १० लाखमा चित्त बुझाउनेछन् ।
प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरहरुले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल प्राप्त गर्ने छन् ।
प्रतियोगितामा ६ फ्रेन्चचाइज टिमको सहभागिता रहेको थियो ।