बालिका करणीकाे अाराेपमा धरानमा एक पक्राउ

कात्तिक १५, धरान । बालिका करणीकाे अाराेपमा धरानमा एक युवा पक्राउ परेका छन् इलाका प्रहरी कार्यालय धरानले एक बालिकालाई करणी गरेको आरोपमा धरान १५ श्याम चोकका २५ वर्षिय युवालाई पक्राउ गरेको हाे । 

इलाका  प्रहरी कार्यालय धरानका डीएसपी सुमन तिम्सिनाले करणीको आरोपमा २५ बर्षीय मनिष राईलाई पक्राउ गरिएको जानकारी दिए । १६ बर्षीय एक बालिकालाई ललाईफकाई धरान ७ स्थित परदेश होटलमा पुर्याएर आइतबार जर्बजस्ती करणी गरेको उजुरीको आधारमा रार्इलार्इ पक्राउ गरिएको हो । 

पीडित भनिएकी बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी छिन् । डिएसपी तिम्सिनाले आरोपितलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *