धादिङमा ग्यास बुलेट दुर्घटना, आमाछोरीको मृत्यु

२०७५ कार्तिक २५ गते

कात्तिक २५, काठमाडौँ । धादिङको बेनिघाटमा ग्यास बुलेट दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
बाराबाट काठमाडौँ आउँदै गरेको ग्यास बुलेट धादिङको रोराङ गाउँपालिका ५ स्थित बिशालटारमा दुर्घटना भइ आगलागी हुँदा बाटोमा हिँडिरहेका सोही वडाकी वडा सदस्य गीता नेपाली र उनकी छोरी सुनीता नेपालीको मृत्यु भएको हो ।
दुर्घटनाग्रस्त सो बुलेट सडकबाट करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
null
प्रहरीका अनुसार दुर्घटनापछि ग्यास लिकेज भएको छ भने सोको नियन्त्रण प्रयास भइरहेको छ ।
दुर्घटनापछि अहिले राजमार्गसमेत अवरुद्ध बन्न पुगेको छ ।

२०७५ कार्तिक २५ गते
प्रतिक्रिया
सम्बन्धित