अनिश्चितकालीन धर्नामा निर्मलाका बाबु-आमा


कात्तिक २५, कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तका बाबु-आमाले आइतबार (आज) बाट धर्ना सुरु गरेका छन् ।
हत्या भएको तीन महिना बढी बितिसक्दा पनि दोषीलाई कारबाही नभएका कारण हत्यारा पत्ता लगाउन माग गर्दै आइतबारबाट उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।
यत्तिका समय बितिसक्दा पनि दोषीलाई कारबाही नभएका कारण सरकारलाई दबाब दिनका निम्ति जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्न लागिएकाे निर्मलाका बाबु-आमाले बताए ।
null
गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी निर्मला प्रकरणमा प्रहरीले ४ जनाको डिएनए परिक्षण गरिसकेको छ भने अन्य ४ जनाको परिक्षण प्रतिवेदन आउन बाँकी रहेको छ ।
घटनाको प्रारम्भिक अनुसन्धानमा प्रहरीको गम्भीर लापरबाही भएको भन्दै कञ्चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्ट र इन्सपेक्टर जगदिश भट्टलाई सेवा बर्खास्त समेत गरिएको छ। अन्य ६ जना प्रहरी पनि निलम्बनमा छन्।
