कोलम्बो प्रोसेसकाे बैठक काठमाडौँमा सुरु, आप्रवासी श्रमिकको हितबारे छलफल हुने

कात्तिक २९, काठमाडौँ । आप्रवासी श्रमिकका सामूहिक हितका विषयमा छलफल गर्न ‘कोलम्बो प्रोसेस’ को मन्त्रीस्तरीय बैठक बिहिबारबाट काठमाडौँमा सुरु भएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीसहितको सहभागिता रहेको बैठकमा कोलम्बो प्रोसेसमा १२ सदस्य देश र ८ पर्यवेक्षक देश आवद्ध छन्। 

दुई दिनसम्म चल्ने सम्मेलनमा नेपालसहित इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी हुनेछन् । 

null

बैठकमा सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता र कोलम्बो प्रोसेसबीचको अन्तरसम्बन्ध लगायतका विषयमा छलफल हुने बताइएको छ । 

पहिलो दिन अर्थात् आजको बैठकमा उच्च पदस्थ अधिकारीहरु सहभागि भएका छन् भने भोलीको बैठक मन्त्रीस्तरीय हुने श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले जानकारी दिए । 

आजको बैठकले भोली पारित गर्ने निर्णयहरुको मस्यौदा तयार पार्नेछ र भोली काठमाडौँ घोषणापत्र जारी गर्दै बैठक सकिने छ । 

कोलम्बो प्रोसेसको बैठकमा रोजगारीका लागि गन्तव्य मुलुकसँग कामदारको करारपत्र एउटै ढाँचाको बनाउन प्रस्ताव गर्ने नेपालको तयारी रहेको छ भने बैठक मार्फत् एकै प्रकारको करारपत्र बनाएर सबै देशका कामदारले समान तलब, सेवासुविधा पाउने व्यवस्था गर्न लागिएको हो । 

कोलम्बो प्रोसेस वैदेशिक रोजगारीमा कामदार पठाउने एशियाली राष्ट्रको साझा मञ्च हो। सन् २०१७ मार्च २९ देखि नेपालले कोलम्बो प्रोसेसको अध्यक्षता गरिरहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *