‘चौका दाउ’ काे गीतमा साेनिका भन्छिन् ‘मेरो माया कतारमा’

कात्तिक १५, काठमाडौं । चलचित्र ‘चौका दाउ’ काे दाेस्राे गीत सार्वजनिक भएकाे छ । अाउँदाे पुस २७ मा प्रदर्शनमा अाउने चलचित्र ‘चौका दाउ’ ले अाेएसअार डिजिटल मार्फत दोस्रो गीत सार्वजनिक गरेको हाे । 

‘मेरो माया कतारमा’ बोलको गीत सोनीका केसीकाे नृत्य रहेकाे छ । साेनिकालार्इ सन्तोष पन्त, तैयव शाह, रविन्द्र झा, विल्सनविक्रम राई, वर्षा राउतले साथ दिएका छन् । 

 

null

श्रीपुरुष ढकालको शब्द, शम्भुजित बास्कोटाको संगीत रहेको गीतलाई बास्कोटासँगै सुमन गुरुङले स्वर दिएका छन् । गीतको नृत्य निर्देशन वसन्त श्रेष्ठले गरेका हुन् । 

शम्भुजित बास्काेटाले निर्माण गरेको ‘चौका दाउ’ सौर्य प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । फिल्म रोमान्टिक कमेडी जनरामा निर्माण भएकाे बतार्इएकाे छ ।  

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *