अाजबाट राजधानीमा गुड्ने माइक्राे बसका चालक र सहचालकले अनिवार्य फ्लाेरेसेन्ट ज्याकेट लगाउनुपर्ने

१ मंसिर, काठमाडौं । अाजबाट राजधानीमा गुड्ने माइक्राे बसका चालक सहचालकले अनिवार्य फ्लाेरेसेन्ट ज्याकेट लगाउनु पर्नेछ । यस अघि ट्याक्सी चालकलार्इ अनिवार्य गरिएकाे फ्लाेरेसेन्ट ज्याकेट अब माइक्राे चालक र सहचालकलार्इ पनि अनिवार्य गरिएकाे हाे । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तका अनुसार चालकलाई सुन्तला रंगको र सहचालकलाई हरियो रंगको ज्याकेट लगाउनुपर्ने नियम लागू गरिएकाे छ । माइक्राे चालक सहचालकले ज्याकेट नलगाएमा रू पाँचपय जरिवाना ताेकिएकाे छ ।  

महाशाखाका तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालको पालामा फ्लोरेसेन्ट ज्याकेट लगाउने नियम बनाइएको थियो । तर, त्यसको कार्यान्वयन हुन सकेकाे थिएन । 

null

हाल काठमाडौं उपत्यकाभित्र मात्र यो व्यवस्था गरिए पनि आगामी दिनमा देशभर लगाउनुपर्ने व्यवस्था गर्ने ट्राफिक महाशाखाको तयारी छ । 

ट्राफिक प्रहरी महाशाखामा बसेको सरोकारवालाहरुको संयुक्त बैठकले मंसिर १ गतेदेखि अनिवार्य रुपमा माइक्रोबस चालक र सहचालकले फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको थियो । बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र माइक्रोबस व्यवसायी संघका प्रतिनिधिहरु सहभागी थिए । 

फ्लोरेसेन्ट ज्याकेटले चालकको पहिचान हुने, रातिको समयमा टाढैबाट चम्किलो देखिने र चालकका बारेमा सेवाग्राहीलाई केही गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने भएकाले यस्तो निर्णय गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताए । 

ट्याक्सी चालकहरुले भने फ्लोरेसेन्ट ज्याकेट लगाउँदै आएका छन् । आगामी दिनहरुमा ठूला सवारीसाधनका चालक तथा सहचालकलाई समेत क्रमशः ज्याकेट लगाउने व्यवस्था गर्ने महासचिव सिटौलाले बताए । 

ट्राफिक महाशाखाका अनुसार उपत्यकाभित्र सेता रङका करिब ९ सय ठूला र नीलो रङका एक सय ७० साना माइक्रो छन् । पहिलो दिन ५० देखि ७० प्रतिशत माइक्रोका चालक र सहचालकले नियम पालना गर्ने प्रहरी अनुमान छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *