ए डिभिजन लिग : हिमालयन शेर्पा र मछिन्द्र तथा फ्रेन्ड्स र जावलाखेल भिड्दै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत बुधबार दुई खेल हुंदैछ । पहिलो खेलमा हिमालयन शेर्पा र मछिन्द्र क्लबले प्रतिस्पर्धा गर्दैछन् । 

हिमालयन शेर्पाले एक खेल गुमाएको छ भने दुई खेलमा जित निकालेको छ । यता, एक खेल गुमाएको मछिन्द्रले दुई खेलमा बराबरीको नतिजा निकालेको छ । हिमालयन शेर्पा ३ खेलबाट ७ अंक सहित तालिकाको पाँचौ स्थानमा र मछिन्द्र २ अंक सहित तालिकाको ११ औ स्थानमा छ । 

खेल बिहान ११ बजे सुरु हुनेछ । 

null

दोस्रो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोली लिगका पुछारका अंक विहिन टोली हुन् । जावलाखेल १३ औ  र फ्रेन्ड्स १४ औ स्थानमा छ । 

खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *