तीन दिनसम्म ‘सेक्रेट’ राखिएका मन्त्रीपरिषद्का यी २२ निर्णय

कात्तिक ३०, काठमाडौँ । कात्तिक २५ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय बिहीबार मात्रै सार्वजनिक गरिएको छ । 

मन्त्रिपरिषद्को निर्णयबारे सार्वजनिक गर्न सूचना तथा सञ्‍चार मन्त्रालयमा पहिलोपटक सकारका प्रवक्ता बाँस्कोटाले बिहीबार पत्रकार सम्‍मेलनको आयोजना गरी चार दिनअघि मन्त्रिपरिषद्ले गरेका निर्णयहरुबारे जानकारी गराएका हुन् । 

पत्रकारहरुको सहजताका लागि हरेक साता मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्ने नयाँ व्यवस्था गर्नु परेको प्रवक्ता बास्कोटाको भनाइ छ। 

null

कात्तिक २५ मा बसेको मन्त्रीपरिषद्को बैठकले स्वर्गीय राजा वीरेन्द्र शाहको परिवारको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्टलाई दिने निर्णय गरेको छ । 

त्यस्तै इजरायलका लागि नेपाली राजदुत निरञ्जन थापालाई तीन महिनाको समयसीमा राखेर फिर्ता बोलाउने र उनको स्थानमा डा. अञ्जन शाक्यलाई पठाउने निर्णय पनि सरकारले गरेको छ । 

त्यसैगरी दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत बहादुर राइलाई तीन साताको समयभित्र फर्कन भनेको छ । 

यस्तै नेकपाका कार्यकर्ताबाट मारिएका भनिएका सर्लाहीका कांग्रेस कार्यकर्ताको परिवारलाई रु १० लाख उपलब्ध गराउने निर्णय पनि सरकारले गरेको छ । 

विस्तृतमाः 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *