मुक्तिनाथ विकास बैंकको बोनस लगत्तै हकप्रद पनि
मंसिर ९, काठमाडौं । मुक्तिनाथ बिकास बैंकले चुक्ता पुंजी वृद्धिका लागि हकप्रद बिक्रि गर्ने भएको छ । बैंकले गत आर्थिक बर्षको कमाईबाट वितरण हुन लागेको १८ दशमलव २५ प्रतिशत बोनस शेयर पश्चात कायम हुने चुक्तापुंजीबाट २० प्रतिशत हकप्रद बिक्रि गर्न लागिएको जनाएको छ ।
बैंकले हकप्रद बिक्री गर्ने उक्त प्रस्ताब मङ्सिर २९ गते सिटी स्क्वायर, पोखरामा हुन लागेको १२ औं बार्षिक साधारणसभामा लैजाने भएको छ । सो सभाबाट प्रस्ताब पारित भएपश्चात बैंकको हकप्रद बिक्रि प्रकृया अगाडी बढ्नेछ ।
त्यस्तै उक्त साधारणसभाले गत आर्थिक बर्षको कमाईबाट १८ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्ताव पारित गर्नेछ । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर १८ देखि मङ्सिर २५ सम्मका लागि बुक क्लोजको मिति तय गरेको छ ।
null
यस अवधिमा बैंकको चुक्ता पुंजी २ अर्ब ५९ करोड १७ लाख छ। १८.२५ प्रतिशत बोनस शेयर बितरण पश्चात बैंकको चुक्ता पुंजी ३ अर्ब ६ करोड ४७ लाख पुग्नेछ। बैंकले बोनस सेयर वितरणपश्चात कायम चुक्तापुंजीबाट २० प्रतिशत हकप्रद बिक्रि तथा वितरण गरेपश्चात चुक्तापुंजी ३ अर्ब ६७ करोड पुग्नेछ ।