विश्व बैंकको ‘डुइङ विजनेश’ प्रतिवेदनप्रति सरकारको आपत्ति

मंसिर १, काठमाडौँ । विश्व बैंकले तयार पारेको डुइङ विजनेश प्रतिवेदनप्रति सरकारले आपत्ति जनाएको छ । नेपालमा व्यापार गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पारेकाे डुइङ विजनेश प्रति सरकाले अापत्ति जनाएकाे हाे । 

विश्व बैंकले हालै सार्वजनिक गरेको उक्त प्रतिवेदनमा नेपालको व्यापार तथा लगानीको अवस्थालाई कमजोर भन्दै पाँच अङ्क तल झारिएको छ । यसअघि नेपालको अङ्कभार १०५ थियो जुन अहिले ११० मा पुगेको छ । 

 

null

सातौँ कर दिवसका अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा प्रतिवेदनप्रति असन्तुष्टि जनाउँदै अर्थमन्त्री डा युवराज खतिवडाले त्यसको पुनरावलोकन हुनुपर्ने बताए । “करसम्बन्धी सानो विषयलाई लिएर १०५ बाट ११० मा झारी दिएकामा हाम्रो आपत्ति छ यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौँ ।” मन्त्री खतिवडाले भने । 

अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कर्मचारीको कुनै पनि किसिमको कम्पनीले बेहोर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा सानो समस्या भयो भनेर पाँच बिन्दुले तल झारी दिएको बताए । 

उनले नेपालले विश्व बैंकको मूल्याङ्कनमा समस्या देखाएको जानकारी दिँदै विश्व बैंकले मिसन टोली पठाउँछु भनेकोले, पुनरावलोकन हुनेमा अाफुहरू विस्वस्त रहेकाे समेत भने । उनले १०५ भन्दा तल आउनका लागि आवश्यक प्रक्रिया अपनाइने समेत जिकिर गरे । कर विवरण जुटाउनमा समस्या छन् भने सुविधा बढाउने समेत उनकाे भनार्इ थियाे । 

विश्व बैंकले केही दिन अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल डुइङ विजनेशमा ११०औँ स्थानमा छ । अघिल्लो वर्ष १०५औँ स्थानमा राखिएको थियो । कर तिर्ने प्रक्रिया र पेइङ ट्याक्समा नेपाल तल खस्किएको देखाएको हो । उक्त सूचीमा १९० देश समेटिएका छन् । 

साे अवसरमा सबैभन्दा बढि कर तिर्ने संस्था र ब्यवसायीलार्इ सम्मानित गरिएकाे थियाे । यसरी सम्मानित हुने हरूमा सिप्रदी ट्रेडिङ,सिद्धार्थ शमशेर जबरा, सूर्य नेपाल, घाेराही सिमेन्ट, डावर नेपाल, हिमाल पावर, प्राे वायाेटिक्स कम्पनी निम्बस, छिमेकी लघुवित्त रहेका छन् । 

यसैगरी नविल बैंक, नाेवेल मेडिकल कलेज, नेपाल इन्भेस्टमेन्ट प्रा.लि, नेपाल धिताेपत्र बाेर्डलार्इ सम्मान गरिएकाे छ । यसैगरी वीमातर्फ नेपाल पुनर्बिमा कम्पनीले बढी आय कर तिरेको छ भने सूचना प्रविधिमा एफ वान सफ्ट सम्मानित भएको छ । पर्यटनतर्फ तारागाउँ रेजेन्सी होटल -ह्यात) ले सबैभन्दा बढी आय कार तिरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *