प्रदर्शनको भोलिपल्टै हलबाट किन हटाइयो ‘गुनगुन’ ?

मंसिर ३, काठमाडौँ । बालाजुस्थित अष्ट नारायण हलले चलचित्र ‘गुनगुन’ लाई प्रदर्शनको भोलिपल्टै हटाएको छ । कात्तिक ३० गते शुक्रबारदेखि रिलिज भएको चलचित्रलाई उक्त हलले भोलिपल्टै हटाएको हो । 

सन्तान जन्माएपछि भर्खरै नेपाली चलचित्रमा उदाएकी नायिका सञ्चिता लुइँटेलको मुख्य भूमिका रहेको उक्त चलचित्र बिनाकारण जानकारी नै नदिइ हटाइएपछि निर्माता तथा निर्देशक पुकार भट्टराईले क्षतिपूर्तिको माग गरेका छन् । 

चलचित्र निर्माण संघमा निवेदन पेश गर्दै उनले चलचित्र निर्माण र प्रदर्शन गर्ने हक अधिकारबाट वञ्चित गरिएको भन्दै कारबाहीको माग समेत गरेका छन् । 

null

प्रार्थना फिल्मस्को प्रस्तुतीमा रहेको चलचित्र गुनगुनमा सञ्चिता लुईंटेल, रवीन्द्र प्रताप सेन, सुवास मेचे, नवीन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारी, सुमेश श्रेष्ठ, राधा दाहाल, भीम मैनाली, बाल्दीप राई, विपिन प्रसाईं र निर्देशक भट्टराईले अभिनय गरेका छन् । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *