६ आयोगका लागि सचिव तोकियो, को–को ?

२०७५ कार्तिक २६ गते

काठमाडौँ, कात्तिक २६ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ आयोगका लागि सचिव तोकेको छ ।
आइतबार बसेको मन्त्रिस्तरीय बैठकले नेपालको संविधानले व्यवस्था गरेको ६ आयोगका लागि सचिव पठाउने निर्णय गरेको हो ।
मन्त्रालयमा कार्यरत सहसचिवलाई आयोगका सचिवमा कामकाजका लागि तोकिएको हो ।
null
बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, मुस्लिम आयोग, मधेशी आयोग, आदिवासी जनजाति आयोग र थारू आयोगका लागि सचिवहरु पठाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
आयोगद्वारा खटाइएका सचिवमा राष्ट्रिय दलित आयोगमा पुरुषोत्तम नेपाल, राष्ट्रिय समावेशी आयोगमा सुरेश अधिकारी, मुस्लिम आयोगमा केदारप्रसाद पनेरु, मधेशी आयोगमा भूपाल बराल, आदिवासी जनजाति आयोगमा रुद्रसिंह तामाङ र थारू आयोगमा रुपनारायण भट्टराई रहेका छन् ।

२०७५ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित