निर्धन उत्थानको २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांशका लागि बूक क्लोज

२०७५ मंसिर ४ गते

मंसिर ३, काठमाडाैं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस र २२.११ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव वार्षिक साधारणसभामा लैजान बूक क्लोज मिति तय गरेको छ ।
निर्धन उत्थान वित्तीय संस्था लिमिटेडको मिति हिजाे २ गते बसेको सञ्चालक समितिको २४२ औं बैठकको निर्णय अनुसार मंसिर २५ गते हुन गैइरहेको २० औं वार्षिक साधारणसभा प्रयोजनका लागि मिती मंसिर १८ गतेदेखि २५ गतेसम्म लघुवित्तका सेयरधनीहरुको दाखिला खारेज बन्द गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले २५ प्रतिशत बोनस सेयर र नगद १५ प्रतिशत लाभांशका रुपमा नगद २२,१०,५२,६३२ प्रदान गर्न प्रस्ताव गर्ने निर्णय भएको छ ।
null
हाल माईक्रोफाईनान्सको चुक्ता पूजी १ अर्ब रुपैयाँ रहेको छ ।

२०७५ मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित