मंसिर १३ गते देखि २२ गते सम्म लम्की सांगीतिक महोत्सव २०७५” हुँदै 

लम्की, कैलाली, कार्तिक १९ । कैलालीको लम्कीमा लम्की साँगितिक महोत्सव २०७५ हुने भएको छ । “ स्वाथ्य, शिक्षा, सुचना विकासको अभियान, कृर्षि, संस्कृति र पर्यटन हाम्रो पहिचान” भन्ने मुल नाराका साथ सामुदायिक रेडियो पश्चिम आवाज १०४।७ मेगाहर्ज लम्कीको आयोजनामा यहि मंसिर १३ गते देखि २२ गते सम्म लम्की सांगीतिक महोत्सव २०७५” आयोजना गरिने आज सोमबार लम्कीमा पत्रकार सम्मेलन गरी सार्बजनीक गरीएको हो । 

सार्वजनिक सम्पतीको रुपमा लम्कीमा सञ्चालनमा रहेको सामुदायिक रेडियोको स्तरउन्नतीका साथै यस क्षेत्रको कला, सँस्कृति, पर्यटन विकासको प्रर्बद्धन् एवम् प्रचार प्रसारका साथै स्वाथ्य, शिक्षा र कृर्षि क्षेत्रमा सुधारका लागि समबन्धीत पक्षको ध्यानाकर्ण गराउने महोत्सवको मुख्य उद्देश्य रहेको सामुदायिक रेडियो पश्चिम आवाजका सञ्चालक समितिका अध्यक्ष समेत रहनु भएका लम्की सांगितिक महोत्सव २०७५ का मुल आयोजक समितिका संयोजक बुद्धिप्रसाद खनाल वि.पि.ले जानकारी दिए । 

 

null

आवाज ११० दिन सम्म सञ्चालन गरीने महोत्सवमा रमाइलो मेला ,बाल उधान, स्थानिय कृषि उत्पादन प्रदर्शनी, व्यावसायिक सामग्रीहरुको प्रदर्शनी, जनजाती तथा आदिवासी समुदायको रहनसहन भेषभुषाको प्रस्तुति, स्थानिय स्तरमा निर्माण गरिएका हस्तकला सम्बन्धी सामग्रीहरुको प्रदर्शनी, कृषि विज्ञहरुबाट किसानहरुलाई तालिमको व्यवस्था , साना उद्योगहरुबाट महोत्सव स्थलमा उत्पादनको नमुना, सिपमुलक व्यवसाय सम्बन्धी परामर्श लिन पाईनेका साथै राष्ट्रिय तथा स्थानिय कला प्रस्तुति रहने महोत्सवका सचिवालय निर्देशक दिपक कुमार तिमिल्सैनाले बताए । 

यस महोत्सवलाई करिब ३ लाख देखी ४ लाख सम्म अवलोकन कर्ताहरुले अवलोकन गर्ने बताउदै निर्देशक तिमिल्सैनाले महोत्सव बाट बचत भएको रकम यस क्षेत्रमा रहेको सार्वजनिक सम्पती सामुदायिक रेडियोको स्तरउन्नतीका साथै सामाजिक उतर साईत्व अन्तरगत केहि सँस्कृति संरक्षण र शिक्षा क्षेत्रमा समेत सहयोग गर्ने महोत्सवको उद्देश्य रहेको बताए । 

आवाज २ महोत्सवमा कैलाली, कंचनपुर, डडेल्धुरा, बर्दिया, बाँके, सुर्खेत, अछाम लगायत भारतको उत्तर प्रदेश र उत्तराञ्चल राज्यका स्थानिय, किसान, व्यपारी, व्यावसायी, विद्यार्थी, लगायत विभिन्न संघ संस्था तथा अनुसन्धान कर्ताहरुको सहभागी हुने छन । महोत्सव अवलोकनको लागि प्रतिव्यक्ति ५० रुपैया टिकट निर्धारण गरीएको छ , भने विद्यार्र्थी, जेष्ठ नागरिक र अपाङ्गका लागी ४० रुपैँयाको टिकट निर्धारण गरिएको छ । सिजनल टिकटको लागि प्रति टिकट रु. ३ सय रुपैँया निर्धारण गरिएको छ । 

महोत्सवले सुदूरपश्चिम प्रदेशकोे पर्यटन, कृषि, उद्योग, व्यापारको विकास तथा सँस्कृतीको प्रवद्र्धनका साथै यस क्षेत्रमा रहेका कर्णाली चिसापानी, राजकाँडा, रिठेताल,आमपानी पितमारी, लगायतका धार्मिक पर्यटन क्षेत्र कैलाशधाम तिर्थ स्थल बल्चौर, चन्द्रमलेश्वर मन्दिर, चुरे पहाडको फेदीमा रहेको यस लम्कीक्षेत्र वरिपरि नेपालकै सुन्दरपार्क टिकापुर पार्क, जैविक विविधताले धनी घोडाघोडी ताल, बर्दिया राष्ट्रिय निकुञ्ज जाने मुख्यद्धारको रुपमा परिचित यस लम्की क्षेत्रको व्यावसायिक विकासका साथै पर्यटन क्षेत्रको सम्बद्र्धन, संरक्षण तथा शैक्षिक क्षेत्रमा टेवा पुग्ने आसा गरिएको महोत्सव मुल आयोजक समितिका सदस्य समेत रहनु भएका लव बहादुर शाही जानकारी दिए । 

आवाज ३ महोत्सवको आयोजनाबाट यस क्षेत्रको पर्यटन, कृषि, आर्थिक, धार्मिक, सँंस्कृतिक एवम् सामाजिक बिकासका साथै सुदूरपश्चिमको पर्यटनको सम्भावनालाई थप टेवा पुग्ने उद्देश्यका साथ सुदूरपश्चिमको विकासका सम्भावना तथा अवसरहरु लाई राष्ट्रिय रुपमा पहिचान र विकासका लागि सम्बन्धीत पक्षको ध्यानाकर्षण हुने आशा गरिएको महोत्सव मुल आयोजक समितिका सदस्य खडानन्द सापकोटाले बताए । 

महोत्सवमा बिकृति बढाउने खालका गतिविधि तथा सांगितिक प्रस्तुतिहरुको न्युनिकरणका साथै सँस्कृतिको संरक्षण तथा प्रर्बधनमा जोड दिने खालका प्रस्तुति रहने बताए । मिडिया क्षेत्रको विकासका लागि एक सञ्चार माध्यामले आयोजना गरीएको महोत्सव सफल भए यस क्षेत्रका सबै सञ्चारकर्मी तथा आम समुदायको विकास हुने बताउँदै महोत्सवमा सबैले सक्दो रुपमा सहयोग गरी दिन समेत सबैमा आग्रह गरे । 

आवाज ४कार्यक्रममा यस क्षेत्रको पर्यटकीय स्थलको प्रचार प्रसारका साथै प्रर्बद्धनको लागि महोत्सव कोशेढुङ्गा साबित हुने बताउदै मुल आयोजक समितिका सदस्य नृप स्वारले सहयोगको लागि सबैमा आग्रह गरे । 

आवाज ५ महोत्सवमा करीब १ सय देखि १ सय ५० सम्म बिभिन्न व्यावसायिक तथा व्यापारीक एवम् कला, सँस्कृति झल्कने स्टलहरु रहने आयोजक मुल समितिले जनाएको छ । महोत्सवलाई सफल पार्न बिभिन्न महोत्सव मुल आयोजक उप समिति समेत गठन गरिएको सार्वजनिक गरीएको छ । 

जसमा आर्थिक व्यावस्थापन समितिको संयोजकमा षडानन्द सापकोटा, उप–संयोजकमा नृप बहादुर स्वाँर, सचिवालय निर्देशकमा दिपक कुमार तिमिल्सेना,आवास तथा भोजन व्यावस्थापनमा लव वहादुर शाही, स्टल व्यावस्थापनमा मोहोन वुढाथोकि, साँस्कृतिक व्यावस्थापन युवराज न्यौपाने, टिकट तथा छपाई मनिष न्यौपाने, अनुगमन तथा मुल्याङ्गकन सुरेश रिमाल, खानेपानी, यातायात तथा रमाईलो मेला गणेश राज ओली, अतिथी सत्कार बविता न्यौपाने, सुरक्षा तथा स्वमसेवक दिपेन्द्र थापा, प्रचार प्रसार तथा मञ्च व्यावस्थापन लिला प्रजापती, कृषि प्रदर्शनी, प्रभातफेरी र झाँकी प्रर्दशन देवकी कार्की, मायाको चिनो भवानी प्रसाद बास्तोला, स्वागत गेट तथा सरसफाई मनोज बोहरा लगायतका संयोजक रहने गरी उप समिति गठन गरीएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *