सहकारीको ६६ लाख रकम हिनामिनाको आरोपमा व्यवस्थापक पक्राउ

२०७५ मंसिर ११ गते

मंसिर ११, दाङ । दाङको राप्ती गाउँपालिका–५, सिसहनियाँस्थित प्रभात बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी संस्थापकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले ६६ लाख रकम हिनामिना गरेको आरोपमा प्रभात सहकारीकी संस्थापक तथा व्यवस्थापक रमिता चौधरीलाई नियन्त्रणमा लिएको हो । उनलाई इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले भालुवाङ बजारबाट दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी चौधरीलाई अहिले इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनका श्रीमान् सन्तकुमार चौधरी फरार छन् ।
null
यसअघि उक्त सहकारीकै रकम हिनामिना गरेको अभियोगमा पत्रकार सन्तोषकुमार गुप्ता कारागार चलान भइसकेका छन् ।

२०७५ मंसिर ११ गते
प्रतिक्रिया
सम्बन्धित