दशैंमा मात्रै होइन, अब यी चाड तथा दिवसमा पनि नयाँ नोट

कात्तिक २६, काठमाडौँ । नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले नयाँ नियम लागु गर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले दशैँसहित अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा पनि नयाँ नोट सटही गर्ने भएको हो । 

मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ। 

null

दसैँसँगै नयाँ वर्ष, उभौली पर्वरबुद्ध जयन्ती, गाईजात्रा, गौरा पर्व, तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्बरयोमरी पुन्ही ज्यापू दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फाल्गु पूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा दिवसमा बैंकले नयाँ नोट सटही गर्ने व्यवस्था मिलाएको हो । 

राष्ट्र बैंकले पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका रङ्ग लगाइएका, पानीले भिजेका हातहरुले नोट नछुनका लागि पनि आग्रह गरेको छ। साथै आफूलाई आवश्यक परेकोभन्दा बढी नोट भए बैंकमा जम्मा गर्न आग्रहसमेत गरेको छ। 

दसैँसहित सबै जातजातिको चाडपर्वमा नयाँ नोट दिएर सानवेशीताको सम्मान गरिएको राष्ट्र बैंकले जनाएको छ। 

नयाँ नोट काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर,वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *