क्रुर प्रेमिका, जसले आफ्नै प्रेमीको हत्या गरी उसकै मासु पकाएर कामदारलाई खुवाइन्

मंसिर ६, काठमाडौँ । दुबईमा मोरोक्कोकी एक महिलाले आफ्ना प्रेमीको हत्या गरेर प्रेमीकै शवको मासु पकाएर कामदारलाई खुवाएकी छिन् । 

७ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमीको हत्या गरी उनको शवको मासु र बिरयानी बनाएर कामदारलाई खुवाएकी हुन् । ती महिलाको नाम भने खुलाइएको छैन । उनले दुबईको अल एनस्थित आफ्नो घरमा प्रेमीको हत्या गरेकी थिइन् । 

उनका प्रेमीले मोरोक्कोमा अर्की महिलासँग विवाह गर्ने योजना बनाइरहेको जानकारी दिएपछि रिसको झोंकमा महिलाले हत्या गरेकी जनाइएको छ । 

null

पुलिस अधिकारीका अनुसार ती महिलाले आफ्ना प्रेमीको मासुलाई ब्लेन्डरमा पिसिन् र बिर्यानीजस्तो बनाएर उनको घर नजिकै रहेका पाकिस्तानी कामदारलाई खुवाएकी हुन् । 

हत्या गरिएका व्यक्तिको दाजुले उनी हराइरहेको उजुरी दिएपछि यसबारे अनुसन्धान थालिएको हो । 

ती व्यक्ति भाइ बस्ने घरमा गएको तर महिलाले उनलाई घरबाट निकालिदिएको र उनी कहाँ छन् भन्ने बारे थाहा नभएको बताएपछि पुलिसको सहारा लिइएको थियो । 

मृतकका दाजुलाई उद्धृत गर्दै डेली मेलका अनुसार पुलिसले ती महिलाको ब्लेन्डरमा मानव दाँत भेटेपछि यसबारे पर्दाफास भएको हो । डिएनए टेस्टले उक्त दाँत हराइरहेका व्यक्तिकै भएको पत्ता लगाएपछि उनकी प्रेमिकालाई पक्राउ गरिएको हो । 

पक्राउ परेपछि ती महिलाले आफूले प्रेमीको हत्या बदला लिन गरेको बताइन् । प्रेमीको शवलाई ठेगान लगाउन साथीको सहयोग माग्दा साथीले अस्विकार गरेपछि आफूले शवलाई टुक्रा पारेर कामदारलाई खुवाएको जानकारी दिइन् । 

पुलिसले यसबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

– एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *