एसिया प्यासिफिक सम्मेलन: आइपुगे कम्बोडियाका प्रधानमन्त्री हुन सेन

 

मंसिर १३, काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री समादेक अका मोहा सेना पादेई टेको हुन सेन बिहीबार काठमाडौँ आइपुगेका छन् । 

मंसिर १४ देखि मंसिर १७ गतेसम्म काठमाडौँमा हुने एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुनका लागि कम्बोडियाका प्रधानमन्त्री हुन सेन नेपाल आएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । 

null

केही समयअघि मात्रै म्यानमारकी परराष्ट्रमन्त्री आङसाङ सुकी पनि काठमाडौँ आइपुगेकी छन् । हुनसेनसहित सात देशका सरकार तथा राष्ट्र प्रमुख पनि नेपाल आउँदै छन् । 

 

नेपाल भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेन र म्यानमारकी विदेशमन्त्री सूकीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली लगायतसँग द्वीपक्षीय सम्बन्ध तथा साझेदारीका विषयमा छलफल गर्नेछन् । 

छलफलका क्रममा नेपाल कम्बोडिया सिधा हवाई उडानसम्बन्धी सम्झौता हुन सक्ने बताइएको छ । 

युनिभर्सल पिस फेडेरेशन नामक संस्थाले आयोजना गरेको सम्मेलनमा नेपाल सरकार सहयोगी छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *