चन्द्रागिरीकाे जंगलमा महिलाको शव

कात्तिक १८, काठमाडाैं । चन्द्रागिरी नगरपालिका २ पातले वनको जङ्गलमामा एक महिलाको शव फेला परेको छ । शवको पहिचान भने अझै खुल्न सकेको छैन । 

पातले वनमा शव देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेको महानरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । मृतक महिलाको नाम थर ठेगाना नखुलेको महानगरीय प्रहरी वृत्तका डि.एस.पी कुमार विक्रम थापाले बताए । 

उक्त बेबारिसे महिलाको शव २० देखी ४० बर्षसम्मको हुन सक्ने र करिब ३ देखि ४ हप्ता अगाडी मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *