हुसेनको हत्यापछि तनावग्रस्त दुहबी: सञ्चालक कुटिए, मेडिकल बन्द

मंसिर ५, सुनसरी । दुहबी नगरपालिका –९ स्थित छाताबेलीमा रहेको जयबाबा ईटा उद्योगका सञ्चालक फिदा हुसेनको गोली हानी हत्या भएपछि दुहबी तनावग्रस्त बनेको छ । 

घटना घटेलगत्तै प्रहरीलाई सम्पर्क गरेपनि प्रहरीले अपराधी पक्राउ गर्न तदारुकता नदेखाएको भन्दै स्थानीयले टायर बाली प्रदर्शन गरेपछि त्यहाँको स्थिति तनावग्रस्त बनेको हो । 

 

null

हुसेनका समर्थकहरुले नारावाजी गर्दै कोशी राजमार्ग तथा दुहवी बजार ठप्प पारेका छन् भने मेडिकल (औषधी पसल) का सञ्चालकमाथि पनि हातपात गरेका छन् । 

 

मेडीकल हल बन्द गर्न नमानेको भन्दै कुटपिट गरेका हुन्। कुटपिटमा स्थानिय चन्दन स्वर्णकारको टाउको फुटेकोछ भने मेडीकल हल संचालक हाकु साह सहित अन्य २ जनालाइ कुटपिट गरेको बताइएको छ । 

कुटपिट पछि दुहबी बजारका मेडिकल बन्द गरिएको छ । 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *