दुई भारतीय नक्कली नागरिकता सहित पक्राउ

मंसिर १३, काठमाण्डौँ । : जिल्ला प्रशासन कार्यालय पर्सामा राहदानी लिन पेश गरेको नागरिकता नक्कली भएको आरोपमा दुई भारतीय नागरिकलाई मङ्गलबार प्रहरीले पक्राउ गरको छ । 

झुठो विवरण पेस गरी २०६३ सालमा बनाएको नक्कलीको आधारमा राहदानी लिन खोज्दा तथा नक्कली नागरिकताको आधारमा छोराको नागरिकता बनाउन खोज्दा बिरगञ्ज महानगरपालिका–९ बस्ने दिनेशकुमार साह र अरविन्दकुमार सर्राफ पक्राउ परेको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए । 

अनुसन्धानको क्रममा सर्राफको नेपाल भारत दुवैतर्फका नागरिकता भेटिएकाले यसबारेमा थप अनुसन्धान भइरहेको बताइएको छ । स्थानीय जनप्रतिनिधिको सिफारिशमा टोलीले २०६३ सालमा जथाभावी नागरिकता वितरण गर्दा ५० प्रतिशतभन्दा बढी भारतीयले झुटो बिवरण पेश गरी नेपाली नागरिकता लिएकाले त्यसको छानबिन हुनुपर्ने बिरगञ्जवासीले माग गरेका छन् । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *