ए डिभिजन लिग: एपीएफको पहिलो जित, फेन्ड्स क्लबकाे दोस्रो हार

मंसिर ३, काठमाडौँ । ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दिउँसो सम्पन्न खेलमा एपीएफ क्लबले जित हात पारेको छ । 

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा फेन्ड्स क्लबलार्इ १–० गोलअन्तरले पराजित गर्दै एपीएफले जित हात परेको हो । यो एपीएफको पहिलो जित हो । एपीएफलाई जित दिलाउन प्रविन स्याङतानले निर्णायक गोल गरे । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको इन्जुरी समयमा प्रविनले गोल गर्दै एपीएफलाई ३ अंक दिलाए । 

null

त्यसअघि बल पोजिसनमा पकड जमाए पनि एपीएफले थप गोल गर्न सकेको थिएन् । यस्तै फ्रेन्ड्सले पनि केहि गोलको अवसर गुमाएको थियो । 

जितसंगै एपीएफले २ खेलबाट ४ अंक जोडेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *