सुनसरीमा योजना सार्वजनिक गर्ने सासंद ज्ञानेन्द्र कार्की पहिलाे

मंसिर १, सुनसरी । सुनसरी क्षेत्र नं ४ का सासंद तथा पुर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीकाे स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट २ नगरपालिका र ३ गाउँपालिकामा बिनियोजन गरिएको छ । 

संद्यिय संसदका सासंद कार्कीले स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत प्राप्त भएको ४ करोड बजेट १० वटा बिभिन्न ठुला योजनाहरुमा लागि बिनियोजन गरेका छन् । संघीय संसदका लागि ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा योजना सार्वजनिक गर्ने सासंद ज्ञानेन्द्र कार्की पहिलो भएका छन । 

४ नं निर्वाचन क्षेत्रमा विभिन्न चरणको अनुगमन, स्थानियहरुको माग र सुझावका आधारमा सिचाई, सडक, स्वास्थ्य, शिक्षा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखी स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमतर्फको बजेट बिनियोजन गरिएको सांसद कार्कीले बताएका छन । 

null

प्रति निर्वाचन क्षेत्र ४ करोडका दरले प्राप्त हुने अधिकांश बजेट सडकका लागि बिनियोजन गरेको पाइएको छ । जिल्लाका दुई नगरपालिका र तिन गाउँपालिका सबै तहलाई कार्यक्रमले समेटने गरि योजनाहरु छनौट गरिएको सासंद कार्कीले बताए । 

बराहक्षेत्र नगरपालिका अन्तर्गत सप्तकोशी बहुमुखी क्याम्पस भवन निमार्णका लागि ५० लाख, बराहक्षेत्र ११ मधुवन मुस्लीम टोल हुदै प्रकाशपुर जोडने सडक माटो पुरी ग्राभेल कार्य २० लाख, बराहक्षेत्र ६ र ८ सैनिक टोल हुँदै ९ र १० रामधुनी मन्दीर जोडने बाटो माटो पुरी ग्राभेल कार्य २० लाख बजेट छुट्यार्इएकाे छ । 

यसैगरी बराहक्षेत्र ६ महेन्द्र गेट देखि वडा नं ७ सोमबारे हुँदै विचपानी ढलनिकास तथा डे्न निमार्ण कार्य २० लाख, बराहक्षेत्र १ राजावासमा कवड हल निमार्ण १० लाख, सिगिया शहरी स्वास्थ्य केन्द्रका लागी भवन निमार्ण १५ लाख र चन्द्रवशी कालीमन्दीर निमार्ण १० लाख रकम विनियोजन गरिएको छ । 

कोशी गाउँपालिका अन्तर्गत वडा नं २ सदानन्द मण्डलको घरदेखि राजदेवी एकेडेमी हुँदै वडा नं ३ को राजकुमार साहको घर हुँदै कोशी टप्पु मिलनचौक चुलाई टोल, झलही टोल हुँदै गलफरिया शिवचौक जोडने बाटो कालोपत्रे कल्भर्ट ढल निमार्ण कार्यका लागि ८५ लाख विनियोजन गरिएको छ । 

हरिनगर गाउँपालिका अन्तर्गत वडा नं २ भुटाहा देखि बसन्तपुर घुस्की हुदै वोर्डर जाने गाउँपालिकाको साझेदारी कार्य योजनामा १ करोड विनियोजन गरिएको छ । भोक्राहा नरसिह गाउँपालिका अन्तर्गत सिचाईका लागि हरिपुर शाखा नहर निमार्णका लागि भोक्राहा १ बाट वार्ड नं २,३,४,६ र ८ लाई समटने गरि ५० लाख विनियोजन गरिएको छ । 

यसै गरि इनरुवा नगरपालिका अन्तर्गत सुनसरी बहुमुखी क्याम्पस भौतिक निमार्णका लागि २० लाख विनियोजन गरिएको छ । न्यूनतम १० लाखभन्दा कम बजेट बिनियोजन गर्न नमिल्ने र २० वटाभन्दा बढि योजना छान्न नमिल्ने प्रावधान अनुसार छुट्यार्इएका बजेट सम्बन्धित स्थानीय तहमार्फत सञ्चालन हुने व्यवश्था अनुसार आयोजनाहरु तयार गरिएको थियो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *