प्रशिक्षक बर्खास्तीपछि रियलको प्रभावशाली जित

एजेन्सी । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा रियलले मेलिल्लालाई ४ – ० ले हराएको हो । 

कार्यवाहक प्रशिक्षक स्यान्टियागो सोलारीको नतृत्वमा रहेको रियलले उसैको मैदानमा मेलिल्लालाई हराएको हो ।  रियललाई जित दिलाउन करिम बेन्जिमा, मार्को एसेन्सियो, अल्भोरो ओड्रिओजोला र क्रिस्टो गोन्जालेजले एक एक गोल गरे । 

खेलको २८ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा एसेन्सियोले गोल गरेपछि पहिलो हाफमा रियल २ – ० ले अघि रह्यो । 

null

दोस्रो हाफमा रियलले थप दुई गोल गर्यो । खेलको ७९ औं मिनेटमा ओड्रिओजोलाले गोल गर्दै रियलको अग्रता ३ – ० को बनाए  । त्यसपछि खेलको ९० औं मिनेटमा गोन्जालेजले गोल गर्दै रियललाई ४ – ० को जित दिलाए । 

प्रशिक्षण जुलेन लुपेटेगुईलाई बर्खास्त गरेपछि रियलले पहिलो खेलमै जित निकालेको हो । खराब प्रदर्शन जारी रहेपछि मंगलबार रियलले लुपेटेगुईलाई बर्खास्त गर्दै सोलारीलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । 

यो जितसंगै रियलले कोपा डेल रेको अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । अब रियलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *