बर्दगोरीयामा नेकपाको शुभकामना आदानप्रदान
कात्तिक, १७ कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बर्दगोरिया गाउँकमिटिको आयोजनामा बडा दशै दिपावली र छठ पर्बको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम बौनियामा सम्पन्न भएको छ । नेकपा बर्दगोरिया गाउँकमिटीका नेता दिल बहादुर बिकको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपाका केन्द्रिय सदस्य तथा सुदुरपश्चिम प्रदेश सचिब नेप बहादुर चौधरी रहेका थिए ।
बर्दगोरिया गाउपालिका वडा नं १ का वडा अध्यक्ष जयरुप खतिवडाले स्वागत गरेको कार्यक्रममा प्रदेश शभा सदस्यहरु रतन थापा,नन्द बहादुर साउद , राष्ट्रिय सभा सदस्य कमला ओलि ,नेकपाका नेता लाल बहादुर सोडारी,लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रमुख अतिथिको आसन बाट बोल्दै चाड पर्बलाई तडक भडकका रुपामा नमनाई शान्त र गक्ष्य अनुसारको मनाउन आग्रह गरे साथै चौधरिले अहिलेको स्थायी सरकारले बिकास र समृद्धि लाई जोड दिएर आगाडी बढी रहेको बताए । विपक्षीले अहिलेको सरकारलाई बिफल बनाउन तर्फ लागिरहेका बेला नेकपाका नेताहरुलाई एक जुट भएर देश निर्माणमा लाग्न चौधरिले आग्रह गरे । साथै चौधरिले कंचनपुर घटनाको चौतर्फी बिरोध भई रहेको बेला नेकापाको सरकारले दोषीलाई कुनै पनि हालतमा उम्कन नदिने बताए ।
null
चौधरीले अगाडी भने कंचनपुर घटनामा किन मेयरको भतिजो भनेर अगाडी ल्याईयो भन्दै प्रश्न गरे । नेकपाका सचिब चौधरीले मेयरको भतिजो भन्दा पनि उसको बुबाको नाम किन अगाडी आएन भन्दै नेपाली काङ्ग्रेस लाई हिंसा नभड्काउन आग्रह गरे ।
यसै गरि विशिष्ट अतिथिको आसान बाट बोल्दै प्रतिनिधि सभा सदस्य झपट रावलले चाड पर्बमा जाड रक्सी खाएर होहल्ला, ,तडक भडक नगरी सान्त रुपमा मनाउन आग्रह गरे । साथै रावलले पार्टी एकता भई सकेपछि केहि कुरामा तललो निकायमा मिलाउन बाकी रहेतापनि अव यस कार्यले चाडै पुर्णता पाउने बताए । रावलले नेता कार्यकर्तालाई चिया चौतारीमा पार्टीका कुरा नगरी बैठक र छलफलका माध्ययमले अगाडी बढाउनु पर्ने बताए । अगाडी रावलले भने जनताका नाममा आएको पैसाको हिना मिना भएको छ छैन त्यसको सहि मुल्याङ्कन गर्न जरुरी रहेको बताए । । जनताले एक व्यक्तीलाई नभई पाटीलाई जिताएको हुदा जनताको घरदैलोमा जान जनप्रतिनिधलाइ आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टीको कार्यकर्ता ईमान्दार,मेहेनती ,क्रियाशिल र जनताप्रति बफादार बन्नु पर्ने बताउदै जसले जनताको हकहितका लागि लाग्दैन त्यसलाई नेपाल कम्युनिष्ट पाटीको सदस्य बन्न आवश्यक नरहेको बताए । । अहिलेको युवा लागु पदार्थ,जाड रक्सी तथा जुवा तास तिर लागि रहेको बेला यसको अगुवाई यँहाका जनप्रतिनिधिले गर्न आवश्यक रहेको बताए । अहिलेको सरकारले विभिन्न मौलिक हक नियमावलि बनाएको हुदा चौधरी समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगबाट ग्रसित भएकालाई भत्ताका साथै उपचार पनि सरकारले निशुल्क गर्ने नियम बनाएको बताए ।
उनले सेति लोकमार्गको कामलाई पनि तत्काल सुचारु गर्न आफु लागी रहेको बताउदै सांसद रावलले बौनियामा सम्पर्क कार्यालय खोल्न आग्रह गरे । अन्तमा सांसद रावलले कैलालीको लम्की चुहा नगरपलिकामा रहेको बासुलिङ सुगर मिलबाट किसानले दशौ वर्ष सम्म नपाएको रकम अव छिट्टै पाउने बताए । साथै रावलले अबको केहि वर्षमा सुगर मिल सञ्चालनमा आउने बताए ।
नेकपाका नेता जगत साँउदले संचालन गरेको कर्यक्रमा नेकपाका नेता कार्यक्रताको सहभागिता रहेको थियो ।