दिनानु असुरक्षित बन्दै दुहबी : सरोकारवालाहरुको ध्यान कता ?

दुहबी, २ मंसिर । दुहबी नगरपालिका अगाडि रहेको न्यू विकास ज्वेलर्समा शनिवार राती चोरी भएको छ । २ किलो चाँदी र ५ आना सुन चोरी भएको न्यू विकास ज्वेलर्सका संचालक विकास स्वर्णकारले जानकारी दिएका छन् । 

साथै छेउमा रहेको शिव शक्ति ज्वेलर्समा ताला फुटाएर चोरी को प्रयास भएको थियो । ८ महिना अगाडि त्यही छेउमा रहेको दिपक ज्वेलर्समा समेत चोरी भएको थियो । १ साता अगाडी दुहबी ३ स्थित घर भएका मस्तकिम मंसुरीको आफ्नै घर अगाडी रोकी राखेको पल्सर मोटर साइकल चोरी भएको थियो । 

यसैगरि गढी २ घर भएका अक्षय चौधरीको को आर वन फाइव मोटर साइकल चोरी भएको थियो । बारम्बार सुन चाँदी व्यवसायीहरुले ईलाका प्रहरी कार्यालय दुहबीलाई दुहबी नगरपालिका अगाडि खाली रहेको प्रहरी बिटमा एक प्रहरी राख्न आग्रह गरेपनी वास्ता नगरेको भन्दै स्थानीयहरु आक्रोशित भएका छन । 

null

बारम्बार दुहबी बजार क्षेत्रमा चोरी हुँदा समेत सरोकार वालाहरुले ध्यान नदिएको नेबि संघ दुहबी नगर समितिका अध्यक्ष दिलिप स्वर्णकारले बताए । शनिवार रातीनै दुहबी वडा नम्वर ८ मा पनि लगातार चोर आएर गाउँबासीलाई सुत्न न दिएको र गाउँबासीहरुले चोरहरुलाइ खेदाएको दुहबी वडा नम्वर ८ का सकर अधिकारीले बताएका छन ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *