प्रधानमन्त्री ओलीभन्दा प्रचण्ड गतिशील – डा. केसी

मंसिर २, काठमाडौँ । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । 

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बाेल्ने क्रममा उनले निर्वाचनताका जनतामाझ गरेका प्रतिबद्धता र वाचाहरु सरकारले पूर्ण रुपमा छोडेको भन्दै सरकार असफल भएको दाबी गरेका हुन् । 

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको गम्भिर आरोप छ । 

null

उनले सरकारले खाल्डाखुल्डी पुर्ने, ठेकेदारहरुलाई कारबाही गर्ने, सिण्डिकेट हटाउने लगायतका कार्यहरु जरैदेखि निर्मूल पार्ने भनिएपनि कार्यान्वयन गर्न नसकेकाे बताए । 

‘गृहमन्त्री बादलले भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो । तर, कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो ।’ 

डा. केसीले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले समेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको बताए । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेको उनको भनाइ छ । 

‘माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’  

फरक प्रसँगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए । ‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, प्रचण्डको गतिशिलता हाम्रो लागि प्रयोग भएन् । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’ 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *