टिपरको ठक्करबाट बालकको मृत्यु

भरतपुर मंसिर २ । भरतपुर महानगरपालिका–६ ब्रम्हदेव चोकमा आज बिहान टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । 

ईलाका प्रहरी कार्यालय गीतानगरले दिएको जानकारीअनुसार मृत्यु हुनेमा भारत घर भई हाल भरतपुर महानगरपालिका–१५ लामिछाने चोकमा डेरा गरी बस्ने महमद आलमका अन्दाजी चार वर्षीय छोरा अहिल आलम रहेका छन् । 

बाबु छोरा पटिहानीतर्फ साईकलमा जाँदै गर्दा बिपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ६९९८ नंको टिपरले साईकललाई ठक्कर दिएको थियो । 

null

टिपरको ठक्करबाट गम्भिर घाइते बालकको उपचारका लागि अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । साइकल चालक बाबु आलम सामान्य छन् । ठक्कर दिने टिपर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *